रौतहट । आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले युवा वर्गको लागि खेल जरुरी रहेको बताएका छन् । रौतहट जिल्लाको कटहरियामा बौद्धिमाई युवा क्लबको आयोजनामा कटहरिया प्रिमियर लिग क्रिकेट टुर्नामेण्ट-२०७९ को उद्घाटन गर्दै यस क्षेत्रका संघीय सांसदसमेत रहेका साहले शरीर स्वास्थ्य राख्नका लागि क्रिकेट खेल अति नै उपयोगी रहेको बताए हुन् ।
साहले अहिले नेपाल देश सङ्कटग्रस्त अवस्थामा रहेको बताउँदै देश विकासको लागि खेलाडीहरू जस्तै नेताहरू इमान्दार हुनुपर्ने बताए । उनले देश र समाजको सामाजिक सुधारको लागि खेल जरुरी रहेको जिकिर गरे।
उद्घाटन कार्यक्रमका आम जनता पार्टीका उप महासचिव कुन्दन कुशवाह, स्थायी कमिटी सदस्य सियाराम कुशवाहा, त्रिभुवन साह, आम दलित मोर्चाको नेता चन्देश्वर बैठा, केन्द्रीय सदस्य नरेश साह टुरहा, रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल, मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना साह , देवाही गोनाहि नगरपालिकाको नगर प्रमुख प्रेम लाल साह कानु लगायत अन्य जन प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।