rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

‘लक्ष्मीनिया माविमा साक्षरताका लागि सांस्कृतिक कार्यक्रम सम्पन्न ।’

१३ फाल्गुन २०७९, शनिबार 

तहटको मौलापुर नगरपालिका अन्तर्गत लक्ष्मीनिया माविको प्राङगनमा पुर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष मा. प्रभु साहको प्रमुख आतिथ्यतामा साक्षरताका लागि सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

विगतका वर्षहरु झैं यस वर्ष पनि मौलापुर नगरपालिकाद्वारा श्री लक्ष्मीनिया माध्यमिक विद्यालयको ९  औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको “साक्षरताका लागी साँस्कृतिक कार्यक्रम“ उत्साहवर्धक रुपमा सम्पन्न भएको हो ।

अवसरमा पुर्वमन्त्री माननीय प्रभु साह,मेयर रिना साह,उपमेयर नागेन्द्र यादव , आम जनता पार्टीका जिल्ला अध्यक्ष त्रिभुवन साह , पूर्व विधायक कुन्दन कुशवाहा,प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, शिक्षा संयोजक राजेन्द्र साह , नगर क्षेत्र अन्तर्गतका बिधालयका शिक्षक, छात्रछात्रा, अभिभावक, जनप्रतिनिधि तथा स्थानीय सैयौं मानिसको सहभागिता थियो ।

मेयर रिना कुमारी साहको पहलमा नगरको शिक्षा क्षेत्रमा गुणात्मक सुधारका लागी दर्जनौं शिक्षक भर्ना, सयभन्दा बढी कक्षा कोठा निर्माण, विद्यार्थी भर्ना अभियान, छात्राहरुलाई साईकल वितरण, ल्यापटप वितरण सहित साक्षरताका लागी साँस्कृतिक कार्यक्रम जस्ता अनेकन अनुकरणीय कार्य हुदै आएको छ शिक्षा संयोजक साहले बताए ।